जनकपुरधाम, ६ फागुन । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जनकपुरधाम १२ रामस्वरुप टोल बस्ने १० बर्षीया बालिकालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भएका ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
जनकपुरधाम ४ मा बस्दै आएका ठाकुरले घर पु¥याइदिन्छु भन्दै ती बालिकालाई रामसागर बहुमुखी क्याम्पस अगाडि करणी गर्न खोजेका थिए ।यस्तै महोत्तरी सदरमुकाम जलेश्ववर ४ स्थित मुसहर टोलबाट निलगाई मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १५ वर्षका सरफराज अन्सारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खेतमा जंगली निल गाई मारी फालेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पर्सा पतैली, महोत्तरीबाट खटिएको टोलीले अन्सारीलाई आइतबार साँझ पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न अन्य ब्यक्तिहरु फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।