मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु


नवलपरासी, २६ माघ । नवलपरासीको सुस्ता पश्चिममा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुस्ता गाँउपालिका २ कुडियास्थित ठुलो नहरको छेउमा रेलिङमा मोटरसाइकल ठोक्किएर प्रतापपुर ९ का पदमनारायण चौधरी र इश्वर चौधरीको मृत्यु भएको हो । पानी परिरहेको समयमा लु २७ प ४१६९नम्बरको मोटरसाईकल रेलिङमा ठोक्किएर दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार