एक नम्बर प्रदेश सरकारले समृद्ध प्रदेश हरित अभियान चलाउने


विराटनगर, २५ माघ । एक नम्बर प्रदेश सरकारले समृद्ध प्रदेश हरित अभियान सञ्चालन गर्ने भएको छ ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा तयार पारेको हरित अभियान सम्बन्धी अवधारणा पत्र स्वीकृत गरेको एक नम्बर प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले जानकारी दिए ।

हरित अभियान कार्यक्रम अन्तर्गत प्रदेशको वन तथा वातावरण संरक्षण र जडिबुटी उत्पादनलाई प्रदेशभर विस्तार गरिने कार्यक्रम रहेको बताइएको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार