भाडादर निर्धारण गर्नु पर्ने लगाएत विभिन्न माग सहित नेविसंघ भोजपुरले वुझायो ध्याकर्षण पत्र


भोजपुर,२४ माघ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरले समसामयीक विषयमा प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलललाई ज्ञापन पत्र बुझाएको छ । संघले विहिवार देशको  वर्तमान परिस्थतिलाई नियाल्दै गर्दा भोजपुरका व्यापारीहरु उचित मूल्य भन्दा माथि उठेर सोझा र गरिब जनतालाई दिनदाडै लुट्ने र कालो बजारीको चैगोलमा फसाएर व्यापार गरेको भन्दै विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको हो ।

संघका जिल्ला सभापति टार्जन राई द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमार्फत खाना पकाउने ग्याँसको निधारण गर्नु पर्ने, च्याङवेनी चोकमा अस्तवेस्त रुपमा रहेको गाडी पाकिङ व्यवस्थित गरीनुपर्ने, भोजपुर घोरेटार गाडी भाडा दर निर्धारण हुनु पर्ने ,

बजारमा भएका खाद्य बस्तुको अनुगमन गरीनु पर्ने, बजारमा व्यक्त रुपमा फैलिएको कालो बजारी नियन्त्रण र विद्यालय समयमा ठुला सवारी साधन आवतजावत गर्न निषेध गर्नु पर्ने लगाएतका ६ मागहरु राखेर ज्ञापन पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार