भोजपुरमा वहुविवाह गर्ने जोडी कारागार चलान


भोजपुर,२३ माघ । जिल्ला अदालत भोजपुरले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ। अदालतले रामप्रसाद राई गाउँपालिका वडा नम्बर –२ धोद्लेखानीका २३ वर्षीय लाल बहादुर दर्जी र कान्छी श्रीमती हतुवागढि गाउँपालिका वडा नम्बर –२ रानीवासकी निर्मला दर्जीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

उनीहरुले गत माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लाल बहादुरकी जेठी श्रीमती प्रमीलाको उजुरी पछि गत यहि माघ ८ गते पक्राउ गरिएको हो ।

लाल बहादुर निर्मलाले विवाह गरेपछि मिलाउनका लागि वडा कार्यालयमा छलफल गरिएकोमा नमिले पछि प्रहरीको उजुरी परेको थियो । लाल बहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासंग विवाह गरेका थिए जेठी पटि एक जना सन्तान समेत पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार