भोजपुर,२० माघ
भोजपुरमा फरार अभियुक्त ७ वर्ष पछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्धामा २०६९ साल जेष्ठ २५ गते जिल्ला अदालत भोजपुरबाट ३ वर्ष कैद सजाय फैसला भएका भोजपुरको आमचोक गाउँपालिका –३ थिदिङखा घर भई हाल सुनसरीको रामधुनी नगरपालिका –६ मा वस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए ।
राईलाई इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा १७ गते पक्राउ गरी जिल्ला अदालत भोजपुरमा पेश गरिएको थियो ।
अदालतको आदेशले निजलाई लागेको कैदको लगत कट्टा गर्ने प्रयोजनको लागि आइतवार कारागार कार्यालय चलान गरिएको हो ।