उदयपुरमा ६ वर्षिय बालिका बलात्कृत


उदयपुर,१९ माघ । उदयपुरमा शुक्रबार एक ६ वर्षिय बालिका बलात्कार भएकी छिन् । त्रियुगा नगरपालिका ६ लालपत्तामा एक ६ वर्षिय बालिकामाथि बलात्कार भएको भएको छ । उनलाई सोही ठाउँका ४५ वर्षिय काजी भन्ने रामबहादुर विकले बलात्कार गरेका छन् ।

पीडितको घर नजिकै भान्सा घर र कुखुराको खोरको विच जमिनमा विछ्याएको परालमाथि बलात्कार गरेको आरोपमा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार घट्नास्थल मुचुल्का समेत तयार गरी वारदात घटाउने विकलाई घटना स्थलबाटै पक्राउ गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार