प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ


विराटनगर १८ माघ, । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो ।

कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ ।

विश्वकर्माको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थल भित्र हुने चेकजाँचका क्रममा गोलीसहित पक्राउ परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विश्वर्मालाई मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार