विष खान नमानेपछि कुटपिट


इलाम, १६ माघ । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए ।
कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार