खोलामा बेवारिसे शव भेटियो


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको कावेली खोलाको दहमा अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको छ ।

अन्दाजी २५ वर्षको जस्तो देखिने युवाको शव चाक्सिबोटेको सिँधुर स्थित काबेलीखोलाको दहमा वेबारिसे अवस्थामा स्थानियले फेला पारेका हुन् । ‘६ फिटअग्लो, फुस्रो कालो ज्याकेट, आकाशे रङको जिन्स पाईन्ट, कालोस्पोर्ट जुत्ता लगाएको पुरुष मृत भेटिएका हुन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले भने ।

घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शवको पहिचान हुन नसकेको र आफन्त समेत पत्ता नलागेकोले कानुनी प्रक्रिया पुरा गरि जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको थापाले जानकारी दिए । उक्त शव स्थानीयले माघ १३ गते भेटेर प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार