मोरङको सुनवर्षमा सफारी दुर्घटना हुँदा एकको मृत्यु


मोरङ । मोरङको सुनवर्षी नगरपालिका –६ स्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा २४ वर्षीय सूर्यनारायण पासवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित भई सडकमा पल्टिएपछि सोही सिटी सफारीमा यात्रा गरिरहेका सुनवर्षी ९ खुनियाबारीका पासवान घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते उनको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटगनरमा मृत्यु भएको हो । प्रहरीले सिटी सफारीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार