रोजगारी र उत्पादनको क्षेत्रमा केन्द्र सरकारको जोड– मन्त्री पोखरेल


भोजपुर, १५ माघ । उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले रोजगारी र उत्पादनको क्षेत्रमा केन्द्र सरकारले जोड दिइएको बताउनु भएको छ । मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ८ गोगनको धाइपामा रहेको विष्णु पञ्चाएन मन्दिरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

केन्द्र सरकारले गछौं भनेर बोलेका कुरालाई पुरा गर्ने प्रतिबद्धता जनाउदै स्थानीयतहका जनप्रतिनिधीले पनि निर्वाचनका बेला भोट माग्दा जनता सामु बोलेका कुरालाई ख्याल गर्दै सोहि अनुसार अगाडि बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले स्थानीयस्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन आग्रह गर्नु भएको छ ।

उहाँले देशमा बरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकोले अबको ४ वर्ष भित्र उद्योग धन्दा खोलेर बेरोजगारी कम गर्ने बताउनु भयो । आफ्नै देशमा रोजगारी सिर्जना गरी उद्यम बन्न चाहाने जो कोहि पनि आएमा विना धीतो ऋण उपल्ब्ध गराउने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार