शैलुङमा हिउँ खेल्न आउनेको संख्या बढ्यो


रामेछाप, १५ माघ । रामेछाप र दोलखाको सिमावर्ती क्षेत्रमा पर्ने शैलुङमा परेको हिउँ खेल्न आउनेहरुको संख्या यो वर्ष निकेै बढेको छ । माघ महिनाको १० गते र १२ गते परेको हिउँ खेल्न आउनेको संख्यामा बृद्धि भएको हो । मंगलबार पनि हिउँ परिरहेको त्यस भेगका स्थानीयहरुले बताएका छन् । दुईदिन लगातार वर्षासंगै हिमपात भएपछि शैलुङको सयथुम्का लगायत सानो शैलुङ,राजभीर लगायतका स्थानमा २ फिटसम्म बाक्लो हिउँ परेको थियो । उच्च क्षेत्र भएका कारण शैलुङको हिउँ पग्लिसकेको छैन । हिउँ खेल्नको लागि दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरु आइरहेका छन् । कतिपय गाउँहरुबाट आवसिय रुपमा नै परिवार सहित मानिसहरु आइरहेको शैलुङ क्षेत्रका स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए ।

सामुदायिक विद्यालयहरुले शैक्षिक भ्रमणको रुपमा विद्यार्थीहरुलाई अहिले हिउँ परिरहेको बेला शैलुङमा लिएर आइरहेका छन् । हिमपातबारे जानकारी दिन र उच्च क्षेत्र शैलुङको भौगोलिक अवस्थाको बारेमा अवगत गराउन विद्यार्थीहरुलाई भ्रमण गराइएको बताइएको छ । हिउँ खेल्नको लागि रामेछाप, दोलखा,काभ्रेपलाञ्चोक,सिन्धुली,सिन्धुपाल्चोक जिल्लाका ग्रामिण क्षेत्रका र सहरी क्षेत्रका मानिसहरु आइरहेका छन् । त्यस्तै काठमाण्डौ उपत्यकाबाट समेत शैलुङ आउनेको संख्या उल्लेखिय रहेको छ ।

त्यस भेगमा सिमित होटल भएका कारण आउने पर्यटकहरुलाई सुविधा पु¥याउन कठिन भइरहेको छ । विगत वर्षमा भन्दा यो वर्ष हिउँ परेको समयमा घुमफिर गर्न आउनेको संख्या निकै बढेपछि होटल तथा लज ले धान्न कठिनाई भएको छ । शैलुङ क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार भएका कारणले पनि पर्यटकहरुको ध्यान तानिएको हो । यदि शैलुङ सम्म पक्की सडकको पहुँच हुने हो भने पर्यटकको संख्या सयौँ बाट बढेर लाखौँ पुग्ने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार