
भोजपुर १३ माघ ।
भोजपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भोजपुर नगरपालिका- १ र षडान्नद नगरपालिका -१४ को सिमानामा पर्ने योगुुवा खोलामा पानीमा डुवी रहेको अवस्थामा मृत फेला परेका हुन ।
आईतवार दिउसोे ३ बजेको समयमा अन्दाजी ४५ वर्षीय व्यक्ति पानीमा डुवी रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले बताए । खवर पाउन साथ घट्ना स्थलमा प्रहरी पुगेपनि ती व्यक्ति कोहुन भनेर छानविन भई नसकेकोले थप अनुसन्धान भई रहेको थेवेको भनाई छ ।






















