पौवादुङमा गाउँपालिकाको मोवाइल एप्स सञ्चालनमा


भोजपुर,११ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि शुक्रवार देखि मोवाईल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । मोबाईल एपमार्फत गाउँपालिकाका ६ वटै वडा कार्यालयहरुको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था भएको गाउँपालिकाका सुचना प्राविधि अधिकृत महेश निरौलाले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाबाट पारित भएका सम्पूर्ण ऐन कानुन, कर्मचारी विवरण, जनप्रतिनिधी विवरण, गाउँपालिकाका महत्वपूर्ण पर्यटकिय स्थल, आपातकालीन नम्बर, गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा र सो सम्बोधित सम्पूर्ण बिबरण पनि एप्स मार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको गतिविधिहरु जानकारी लिनका लागि आफ्नो मोवाईलमा रहेको (Play Store)  मा गई( – Pauwadungma Rural Municipality)टाईप गरी डाउनलोड गरेर गाउँपालिकाको हरेक सुचना गतिविधिहरु मेवाईल मार्फत नै जानकारी लिन सकिने बताइएको छ । गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा आएसंगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामको विषयमा हेर्न पाउने भएपछि गाउँपाकिलाकाका स्थानीयहरु खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार