चट्याङ लागेर मृत्यु


नेपालगञ्ज, ११ माघ । नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार