
धनकुटा । हाम्रो बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाका ३० जना बिद्यार्थीहरुलाई सालको पातको टपरा बुन्ने तालिममा दिएको छ ।
३ दिन सम्म दिईने उक्त तालिममा धनकुटा नगरपालिकाका कक्षा ८ र ९ का १० वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिमको नगरका मेयर चिन्तन तामाङ्गले उत्घाटन गर्नुभएको छ । बिद्यार्थीहरुलाई धनकुटा ७ की जेष्ठ नागरीक लक्ष्मी देवी र शारदा श्रेष्ठले तालिम दिईरहनुभएको छ ।















