
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका(१ शुक्रवारेमा बुधवार पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५२ बर्षको रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साँझ सवा ५ बजेको समयमा घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर घाइते भएका गुरुङलाई उपचारको लागि विराटनगर लाईफगार्ड अस्पताल पठाईएकोमा उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ















