भोजपुरमा सुन ठगी गर्ने जेल चलान


भोजपुर,९ माघ ।
भोजपुरमा सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिड्ने ६ जना भारतीय नागरिक मध्ये २ जनालाई जिल्ला अदालत भोजपुरले पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले लवकुश शाह र रमेश कुमार शाहलाई पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको हो ।

त्यस्तै ४ जना जनहि ३५ हजार धरौटिमा छुटेका छन् । धरौउटीमा छुटेनेमा श्रवण कुमार शाह, जितेन्द्र शाह, राकेश शाह र रविन्द्र शाहा रहेका छन् । भारतको मोतीहारी जिल्ला घोडासहनका ६ जनाले पौवादुङ्मा गाउँपालिका -४ वास्तिमबाट सुन सफा गरीदिन्छौं भन्दै ठगी गर्दै हिडेको अवस्थामा स्थानीयले उजुरी गरेपछि उनीहरुलाई गत पौष ११ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुले सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गरेको भन्दै तिन जना स्थानीयले उजुरी दिइएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार