
भोजपुर, ४ माघ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका – ४ दलगाउँमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानिय हर्क वहादुर चर्मकारका ३० वर्षीय छोरा सोम वहादुर चर्मकार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
परिवारले विहिवार दिउँसो चर्मकारलाई आफ्नौ पालीघरमा झुण्डिएको अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाए पस्चात प्रहरी घटना स्थलमा पुगेर आवश्यक प्रक्रिया पुरा गरेको प्रहरीको भनाई छ ।
केहि वर्ष अगाडी सडक खन्ने क्रममा ढाड भाँचिएको र उपचार पश्चात पनि ढाड नचल्ने भएपछि दुखाईको पीडा खप्न नसकेर त्यसो गरेको हुन सक्ने परिवारले वताएको प्रहरीको भनाई छ ।चर्मकार आफै सुत्ने कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।














