भट्टाको वाल भत्किदा २ मृत्यु २ घाइते


३ माघ ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७ स्थित बिर हनुमान इटा उद्योगको वाल भत्किदा २ बालवालिकाको मृत्युभएको जिल्ला प्रहरी कार्यत्रलय प्रमुख एस्पी रबिराज खडकाले वताए ।

इटा उद्योगको वाल भत्किदा ४ जना पुरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ११ महिनाको बालक निर्माण परियार र ३ बर्षको बालिका जेनिसा परियारको उपचारको लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको एस्पी रबिराज खडकाले वताए । अन्य दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते बर्ष ३ कि झरना परियार र बर्ष ३५ कि सितादेवि पासवानको धुलिखेल अस्पतालमा उपचार भइरहेको एस्पी रबिराज खडकाले बताउनुभयो । इटा भट्टामा काम गर्ने अभिवाभकहरु संग गएर भट्टामा खेल्ने क्रममा वाल भत्केर बालवालिकाहरु पुरेको स्थायिन राजकुमार श्रेष्ठले टेलिफोनमा वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार