
भोजपुर, ३ माघ ।
भोजपुरको हतुवागढी गाउँपालिका – ८ पात्लेपानीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानिय ३४ वर्षीय घन वहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
वुधवार विहान विक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको खवर आएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट इन्पेक्टरको टोली आवश्यक प्रक्रियाको लागि घटना स्थल तर्फ भएको प्रहरीको भनाई छ ।
मृतक विकले यस अघि पनि पटक- पटक आत्माहत्याको प्रयास गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विकको मानशिक अवस्था कमजोर रहेको, स्थानियले वताएको प्रहरीको भनाई छ ।






















