घाम अस्ताए संगै अस्ताउ छन् , दुर्गमका टेलिफोन सेवा…


भबिन कार्की, संखुवासभा ३ माघ ।
घाम अस्ताए संगै दुर्गमका टेलिफोन सेवा अस्ताउने गरेका छन् । विधुत् विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा विटिएस टावर मार्फ हुने सेवा घाम अस्ताए संगै वन्द हुने गरेको छन् । संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन् ।
कुनै एक चिज एक क्लिक गर्ने क्रममा संसार भर पुग्छ, संसारका मानिसहरुले हेर्न सक्छन् । तर संखुवासभाका दुर्गम भेगका नागरिकमा भने यो सुन्दा अचम्म लाग्छ, त्यहाँ इन्टरनेटको त कुरै छाडौ, घाम नलाग्दा फोन समेत गर्न पाइदैन ।
उत्तरी क्षेत्रमा विधुत् लाईन नहुदाँ नेपाल टेलिकमका मोवाईल प्रयोग गर्ने ग्राहकहरुले मौसमको भरमा सेवा पाउने गरेका छन् । दिनभर घाम लागेन भने सोलार चार्च नभएका कारण सेवाग्राही मोवाईल सेवा सञ्चालनमा बन्द हुने गरेको छ । वेलुकी घाम अस्ताए पछि विहान ९ बजे भन्दा अघि दुर्गम नागरिकले सञ्चारबाट विच्छेद हुने गरेको छ । त्यति मात्र होइन केहिले कही त दुई चार दिन सम्म पनि मौसम खराब हुने गर्दछ ।


उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको टावर मार्फत २४ घण्टा सेवा प्रवाह नहुने भए पछि किमाथाङ्का वासी छिमेकी देश चिनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् । सोलारका भरमा रहेका विटिएस टावरहरु रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराइले जानकारी दिए । उनले भने–व्याट्री पुरानो भएको र लामो समय सम्म काम गर्न छाडेको भनी क्षेत्रलाई जानकारी गराए पनि नयाँ व्याट्री क्षेत्रले पठाएको छैन । क्षेत्रले नयाँ व्याट्री पठाए पनि घामको भरमा मात्र २४ सैं घण्टा भने सेवा प्रदान गर्न सकिदैन ।
जिल्लाका छ स्थानका विटिएस टावर सोलरबाट मात्र सञ्चालन हुँदै आएका छन् । चिचिला गाउँपालिकाको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ, सिलिचुङ गाउँपालिकाको रमितेमा सोलारपावरको भरमा विटिएस प्रणाली मार्फत मोवाइल नेटवर्क सञ्चालन गरिदै आएको छ ।
भोटखोला गाउँपालिकाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट९स्यार्टलाईट० मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख राधारमण भट्टराइले जानकारी दिए । त्यसैगरी नेपाल टेलिकम सङ्खुवासभा मार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा विटिस मार्फत मोवाईल सेवा प्रदान गरिरहेको छ । खाँदबारी शाखालेनै भोजपुरको दिङ्लामा पनि ल्याडलाईन फोन वितरण गरेको छ । जिल्लामा करिब ७ स्थानका टावर मार्फत एनसिएल कम्पनीले मोवाइल सेवा प्रबाह गरिरहेको छ । खाँदबारी शाखाले भोजपुर सहित १७ स्थान बाट सञ्चार सेवा प्रबाह गरिएको छ ।
शाखाले जिएसएम ८, सिडिएमए ५ र ल्याडलाईन सेवा ५ स्थान बाट सञ्चालन गरिरहेको छ । खाँदबारी शाखा बाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याडलाईन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङ्मा जिएसएम सेवा प्रदान गरेको छ । शाखाले १९ सय २ बाट ल्याडलाईन फोन वितरण गरेको छ । सबैभन्द धेरै खाँदबारीमा १ हजार १ सय ८० जना ग्राहक रहेका छन् । ल्याडलाईन वितरण भएको स्थानहरु शाखाले एडिएसएल सेवा समेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार