
संखुवासभा । प्रहरीले मृगको छालासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा ताम्कु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले स्थानीय उत्तर कुमार राईको घरबाट मृगको छाला बरामद गरेका जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।
बरामद गरिएको छालसहित राईलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालयलाई पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयले जनाएको छ। यसैबीच प्रहरीले खाँदबारी नगरपालिका वडा–२ अरुण वेतेनी सामुदायिक वनबाट सखुवाको काठसहित ६ जनालाई पक्राउ गरेको छ। अरुण वेतेनी सामुदायिक वनबाट प्रहरीले करिब २७ किबि सखुवाको काठ वरामद गरी डिभिजन वन कार्यालय बुझाएको जनाएको छ। पक्राउ पर्नेमा खाँदबारी २ का सुवास विक, तिर्थ कमार राई, विशाल राई, विरेन कुमार राई, तारा कुमार राई र सुर्जमान राईलाई काठ सहित रंगेहात प्रकाउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ।