बँदेलको आक्रमणबाट किशोर घाइते


मार्तडी, २ माघ । बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार