
भोजपुर, १ माघ ।
भोजपुर जिल्लामा स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात हाड जोर्नी तथा नसा सम्वन्धी उपचार पद्धती सञ्चालनमा आएको छ ।
यस पद्धतीले औषधी सहितको वाफको माध्यमबाट विरामीको उपचार गरिने जिल्ला आयूर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलिप कुमार झाले जानकारी दिए। यो उपचार पद्धती सञ्चालन ल्याइपछि विरामीलाई सेवा दिन सहज भएको उनको भनाई छ ।
उपचार पद्धती उपकरणको मंगलवार एक कार्यक्रमका विच भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले उद्घाटन गरेका हुन् ।















