संखुवासभामा चार करोड बजेट यसरी बाँडियो (बिवरण सहित)


संखुवासभा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा हुने समितिले जिल्लाका सबै स्थानीय तहहरुलाई समेट्दै चार करोड रकम विनियोजन गरिएको हो ।प्रतिनिधी सभा सदस्यको संयोजकत्वमा गठित योजना छनौट समितिमा जिल्लाका सवै सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सबै स्थानीय तहका प्रमुखहरु सदस्य रहने ब्यवस्था छ । संखुवासभाको समितिले हालै योजना छनौटको अन्तिम बिवरण सार्वजनिक गरेको हो । सो आयोजना र बजेट यस प्रकारका रहेका छन्ः

१,हटिया लुमुर्ची सिचाई आयोजना भोटखोला गाउँपालिका ३ – १० लाख,२, गोला लिङगम सडक निमार्ण भोटखोला गाउँपालिका ४ – १५ लाख,३, स्वास्थ्य चौकी भवन निमार्ण मकालु गाउँपालिका ४, कारमाराङ – २५ लाख,४, खर्सु–संखुवाखोला–फाँग्दाम सडक निमार्ण चिचिला ३ – १० लाख,५, मत्स्यपोखरी वाल निमार्ण चिचिला गाउँपालिका ४ – १० लाख,६,माङ्तेवा याफु विद्युत विस्तार शिलिचोङ गाउँपालिका ४ र ५ – २३ लाख, ७, बाह्रविसे स्वास्थ्य चौकी भवन निमार्ण सभापोखरी गाउँपालिका ३ – २५ लाख,८, स्वास्थ्य चौकी भवन निमार्ण खाँदबारी नगरपालिका १० – ५० लाख,९,महेन्द्र मावि कृषि भवन निमार्ण तथा खेल मैदान खाँदबारी नगरपालिका ३ – १५ लाख,१०, खाँदबारी भोटिया सेवा समाज भवन निमार्ण खाँदबारी नगरपालिका १ – १० लाख,

११, बरुण बहुमुखी क्याम्पस भवन निमार्ण खाँदबारी नगरपालिका ८ – १० लाख, १२,जैशीगाउँ, फलाटे खानेपानी आयोजना चैनपुर नगरपालिका ७ – १० लाख,१३, मदन–आश्रीत भवन निमार्ण चैनपुर नगरपालिका ६ – ३० लाख, १४, श्री सरस्वती माध्यमिक विद्यालय (तल्लो)भवन निमार्ण चैनपुर नगरपालिका ६ – ५० लाख,१५, सारदा माध्यमिक विद्यालय भवन निमार्ण चैनपुर नगरपालिका ९ – २० लाख,१६, सङ्खुवासभा बहुमुखी क्याम्पस भवन मर्मत चैनपुर नगरपालिका ६ – १० लाख,
१७, वाना प्राथमिक स्वास्थ्य केन्द्र भवन मर्मत तथा एम्बुलेन्स खरीद पाँचखपन नगरपालिका ६ – २० लाख, १८, श्री नारायण माध्यमिक विद्यालय भवन निमार्ण मादी नगरपालिका ४ – २५ लाख, १९, कृषि बजार केन्द्रको भवन निमार्ण धर्मदेवी ३ – १८ लाख, २०, बिहिबारे–भद्रकाली–चैलिखा सडक धर्मदेवी नगरपालिका ९ – १० लाख, २१, प्रशासनिक खर्च – ४ लाख

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार