जीप दुर्घटना दुईजनाको मृत्यु, १२ घाइते


रोल्पा, माघ १ । पश्चिम रोल्पाको कुरेलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जलजला हिमाल यातायात प्रालिको लु १ ज ३३३२ नम्बरको जीप सोमबार परिवर्तन गाउँपालिका–१, खरिबोट चौखाबाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परिवर्तन गाउँपालिका राङ्सी घरभइ कुरेली माइत जाँदै गरेका सन्जु बुढा र निशा रोकाको ९ महिने छोरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । दुद्र्धटनामा चालकसहित १२ जना घाइते भएका छन् ।

लिबाङबाट मिरुल टुटुका लागि छुटेको जीप यात्रुको दबाबमा कुरेली गल्कोटतिर जान खोज्दा दुर्घटना भएको थियो । भर्खरै ट्रयाक खोलेको र अन्य सवारी साधन समेत नचल्ने सडकमा जीप लैजान खोज्दा दुर्घटना भएको बुझिएको छ ।

जीप सडकबाट सिधैं खोलाको पानीमा खसेको हो । जीप खोलामै पुगेका कारण घाइतेहरु समेत पानीमा भिजेका थिए । पुस महिनामा मात्रै रोल्पामा ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार