वडा अध्यक्ष विरुद्ध पक्राउ पूर्जी


राजविराज, २८ पुस । सप्तरीको सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यका नाममा पक्राउ पुर्जी जारी भएको छ । गैरकानूनी रुपमा वालुवारगिट्टि तस्करी गरेको आरोपमा छोरा शुसिलसहित आचार्यका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पुर्जी जारी प्रहरीले जनाएको छ ।
राष्ट्रिय वन अन्तर्गत अमाहा खेलाबाट वालुवा/ गिट्टि तस्करी गरेको आरोपमा गत पुस ४ गते उनीहरुको नाममा पक्राउ पुर्जी जारी गरिएको डिभिजनल वन अधिकृत धिरेन्द्र प्रसाद सिंहले जानकारी दिए।

दुवै जना फरार छन् । पक्राउ गर्न गंगाजली सव डिभिजन कार्यालय र प्रहरी चौकी फत्तेपुरलाई पत्रचार गरिएको छ । उनीहरु विरुद्द जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत सिंहले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार