प्रतिनिधि सभा सदस्य किरातीद्धारा, भोजपुरमा विद्यालय भवन शिलन्यास


भोजपुर, २७ पुस ।
भोजपुर नगरपालिका –११ आम्त्तेकमा रहेको लक्ष्मी आधारभुत विद्यालयको भवन सिलन्यास गरिएको छ । विद्यालयको ३८ औं वार्षीक उत्सवको अवसरमा प्रतिनिधि सभा सदस्य सुदन किरातीले भवनको शिलन्यास गर्नु भएको हो ।

२०७२ सालको विनाशकारी भुकम्पले विद्यलायको भवन क्षतिग्रस्त वनेको थियो । जिल्ला आयोजना कार्यान्वयन ईकाईको ६८ लाख ३२ हजार ९८० रुपैंया लागतमा ४ कोठे पक्की भवन विद्यालयका प्राचार्य शेरबहादुर राईले जानकारी दिए ।

भवन निर्माणको काम अव तत्कालै शुरु गर्ने विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार