भोजपुरमा मुख्यमन्त्री राईद्धारा भवन शिलान्यास


भोजपुर २६ पुस ।
प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले भोजपुर नगरपालिका वडा नम्बर –१२ टक्सारमा रहेको यशोधरा माध्यामिक विद्यालयको भवन शिलान्यास गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना कार्यान्व्यन ईकाई मार्फत निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईको ६८ लाख ३५ हजार अनुदानमा ४ कोठे पक्की भवन वन्ने भएको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विद्यालयलाई प्रदेश सरकारको तर्फबाट ५ लाख बराबरको बाली विज्ञान कृषि सामग्री खरिदका लागि तत्काल सहयोग उपलब्ध गराउने, ५ करोड ५१ लाख बराबरको अत्याधुनिक यशोधरा बहुउद्धेश्यीय भवन नगरपालिकासंगको लागत साझेदारीमा शुरू गर्न विद्यालयले डिपिआर तत्काल तयार गरेमा भवन बनाउने जिम्मा लिने पनि प्रतिबद्वता व्यक्त गरेको शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थ कुमार राईले जानकारी दिए । साथै आइसीटी ई लर्निङ्ग का लागि प्रदेश भरिका १०० विद्यालय मध्ये यशोधरालाई २ नम्बरमा राखी यहि वर्षबाट सहयोग उपलब्ध गराउने प्रतिबद्वता पनि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार