
भोजपुर २६ पुस ।
भोजपुर नगरपालिका ६ स्थित पीखुवा खोला नजिक भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ कोटका रोहिन्द्र श्रेष्ठ रहेका छन् ।
बुधबार भोजपुर सदरमुकाम बाट घर फर्कने क्रममा ईष्टन हाइड्रोपावर नजिकै रोहिन्द्र श्रेष्ठ र चन्द्र बहादुर श्रेष्ठ बाटोबाट करीब ३० मिटर तल झरेका थिए । टाउकोमा गहिरो चोट लागेका रोहिन्द्रको उपचारका क्रममा बुधाबार राती १०ः३० बजे जिल्ला अस्पताल भोजपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए ।






















