टेम्केमैयुङ गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


भोजपुर, २६ पुस ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक सुनवाई बुधबार सम्पन्न भएको छ । गाउँपालिकाले हाल सम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको विषयमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरेको हो ।

सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य सर्वसाधारण स्थानियवासिन्दाहरुलाई गाउँपालिकाले गरेको काम कार्वाहीको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा गाउँपालिकाले सम्पन्न गरेको तथा सञ्चालनमा रहेका योजना अन्य सेवा प्रवाहको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार शाहाले प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन पेश गर्दै अधीकृत शाहाले हाल सम्म गाउँपालिको वित्तिय प्रगती ७१ प्रतिशत रहेको जानकारी दिए। सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष धुव्रराज राई, उपाध्यक्ष इन्द्रावती राई र प्रमुख प्रशासकिय अधीकृतले रमेश कुमार शाहाले प्रष्ट पारेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता हुनेमा विस्वास लिइएको छ । सोही गाउँपालिकाको वडा नम्बर ९ लेखर्कको पाँचधारे बजारमा भएको सार्वजनिक सुनवाइको संयोजन रेडियो उन्नतिले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार