
भोजपुर, २६ पुस ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका अध्यक्ष ध्रुवराज राईले आफनो गाउँपालिकाको सम्पुर्ण वडाका विद्युत विस्तार गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष राईले गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको विज्ञासालाई सम्वोधन गर्दै समृद्ध गाउँपालिका निर्माणका लागि विद्युत विस्तारलाई पहिलो प्राथमिकतामा राख्दै काम गरिहेको वताएका हुन् ।

यो आर्थिक वर्षमा वडा नं – ६ र ७ कोट, वडा नम्वर- ८ गोगने, वडा नं -४ नागी, वडा नं -५ खावाको वडा केन्द्र विद्युत विस्तार गर्ने र आगमी आर्थिक वर्षमा सवै वडा पु¥याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनले भने‘ मैले यो गाउँपालिकाका जनताको समस्यालाई नजिकबाट नियालेको छु, अहिले म अन्य कामलाई भन्दा पनि गाउँपालिकालाई झिलिमिली पार्ने अभियानमा छु, र यो काम पुरा गरेर छाड्नु तपाईहरुले साथ दिनु होस्।’ निर्वाचन ताका स्थानियलाई दिएको प्रतिवद्धता एक पछि अर्को गर्दै पुरा भइरहेको वताउदै राईले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा पनि लागि पनि काम भईरहेको वताए । जनता समक्ष टेम्केडाँडा देखि मैयुङडाडा सम्मको क्षेत्रलाई मुन्दुम ट्रेलको नामाकारण गरि काम भइरहेको अध्यक्ष राईले प्रस्ट पारे ।
उनले भने‘ गाउँपालिकाले सडक तथा विद्युत विस्तारका क्षेत्रमा काम गर्दै पर्यटनको क्षेत्रमा पनि काम गरिहेको छ, हाम्रो ‘मुन्दुम ट्रेल’ देशका सय ओटा पर्यटकिय क्षेत्रमा सुचिकृत भएको छ, यसको लागि म सम्पुर्ण गाउँपालिकावासीलाई शुमकामना दिन्छु, तपाईहरुको साथले यो सम्पुर्ण काम भएको हो।’ साथै राईले गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि लगाएतको क्षेत्रमा पनि विभिन्न योजना तयार गरि काम भइरहेको वताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष इन्द्रवती राइले गाउँपालिकाको विकासमा कुनै शंका नगर्न स्थानियलाई आग्रह गर्दै गाउँपालिकाको विकासमा जनप्रतिनिहिरु प्रतिवद्ध रहेको वताइन् ।
न्यायिक समितिको विषयमा उठेका जिज्ञासाको समाधान गर्दै राईले भनिन्‘ हाम्रो स्थानियमा आपसी मनमुटावका विषयमा उठेका सवालहरुलाई गम्भिर रुपमा निराकरण गरिरहेकी छु, सबैको भावना वुझेर न्यायिक समितिले काम गरिहेको छ, यसबाट पक्कैपनि जनतालाई न्याय मिलेको छ ।’ गाउँपालिकाको नितिगत निर्णय, वजेट, योजना कार्यन्वयन अवस्था लगाएत गाउँपालिकाको समग्र गतिविधिको वारेमा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत रमेश कुमार शाहले जानकारी दिएका थिए ।















