भोजपुरमा दुई थान वन्दुक सहित युवक पक्राउ


भोजपुर, २५ पुस ।जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई थान वन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रामप्रसादराई गाउँपालिकाको वासीखोराबाट लुकाएर राखेको दुई थान  भरुवा वन्दुक सहित ३१ वर्षीय प्रविन राईलाई नियन्त्रणमा लिएको हो ।

 

राईको घरमा वन्दुक छ, भन्ने विशेष सुचनाको आधारमा घर खानतालसी गर्दा अवैध रुपमा राखेको वन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिए ।

 

थेवेले भने‘ प्रहरीलाई राईको घरमा लुकाई छिपाई वन्दुक राखेको छ, भन्ने सुचनाको आधारमा खोजी गर्दा फेला परेपछि नियन्त्रणमालिएका हौ।’ पक्राउ परेका राई उपर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार