महिलाको जलेर मृत्यु


गौशाला, २५ पुस ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले वताए।

साहको आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलागी भई जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले वताए ।प्रहरीले निज महिलाको मृत्यु आफैँले आगो लगाएर वा अरु कसैले घरमा आगजनी गरिदिएर भएकोबारे सत्यतथ्य नखुलेको जनाएको छ ।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनाबारे आवश्यक अनुसन्धानसमेत शुरु गरिसकिएको प्रहरी नायब उपरीक्षक खड्काले वताए। मृतक महिलाको पति वैदेशिक रोजगारमा खाडीमुलुकमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार