
भोजपुर, पुस २५ । जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला गरेको छ ।
अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्ककी २६ वर्षीय रीमा भनिने रेम कुमारी राईलाई जन्म कैदको फैसला गरेको हो ।
अभियुक्त राईले सोहि वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेकी थिइन् ।
रेम कुमारीलाई जिल्ला अदालत भोजपुरका न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैदको फैसला गरेको हो ।
रीमाले २०६९ साल असोज ६ गते नातामा बोजु पर्ने इश्वरमायालाई बाटामा कुटपिट गरी हत्या गकी थिइन् । पीडितका आफन्तले दिइएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो ।