भोजपुर, पुस २५। जिल्ला अदालत भोजपुरले किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई ६ वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारका सुनिल श्रेष्ठलाई ६ वर्ष कैद र ७५ हजार क्षेतीपूर्तीको फैसला गरेको हो । श्रेष्ठलाइ जिल्ला अदालत भोजपुरका न्यायाधिस हरीश्चन्द्र इङनामको एकल इजालसले कैद र क्षेतीपूर्तीको फैसला भएकोे हो ।
श्रेष्ठले सोही ठाउँकी १७ वर्षीय किशोरीलाई २०७४ साल जेठ ३ गते देखि २०७५ साल बैशाखको अन्तिम सम्म विभिन्न ठाउँमा लगेर पटक पटक बलात्कार गरेको पीडित किशोरीले दिइएको उजुरीमा उल्लेख गरीएको छ । पीडित किशोरीको जाहेरी पछि श्रेष्ठलाई पक्राउ गरिएको थियो ।