भोजपुरमा श्रीमती करणी गरेको आरोपमा एक व्यक्ति जेल चलान


भोजपुर २३ पुष
जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार क्षेतीपूर्तीको फैसला गरेको हो ।

तामाङलाई जिल्ला अदालत भोजपुरका न्यायाधिस हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन २०७४ को उपदफा ४ मा उल्लेखीत २ सय २८ बमोजिम कैद र क्षेतीपूर्तीको फैसला गरेको हो । तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरित करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिए पछि गत असोज २५ गते प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार