भोजपुरमा जडीबुटीको तथ्याङ्क सङ्कलन


भोजपुर, २१ पुस (रासस) जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।
भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत जडीबुटीको व्यावसायिक रुपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यस्तै सेतकचिनी, वनआलु, वनमुला, वनलसुन, विखुम्मा, धसिग्रे, बोजो कुट्की, पदमचालन, सुगन्धवाललगायतको खेती भए पनि व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहन गरिने भएको छ ।

जडीबुटी उत्पादक, सङ्कलक तथा व्यापारीसँग भएको अन्तक्र्रियामा जडीबुटीको मूल्य निर्धारण गर्न, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनसमेत सम्बद्ध व्यक्तिले माग गरेका छन् । किसानबाट आएका सल्लाह सुझावका आधार बनाइ कार्ययोजना बनाएर समाधानमा लाग्ने डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहले प्रतिबद्धता समेत जनाए।

उनले भने, ‘किसानसँग छलफल गर्दा धेरै समस्याबारे जानकारी भएको र यसको समाधानका लागि माथिल्लो निकायसँग कुरा गर्नाका साथै कार्ययोजना बनाएर काम गर्छु ।’ किसानले जिल्लाको खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, लेखर्क किमालुङलगायत स्थानमा जडीबुटी खेती गर्दै आएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार