
भोजपुर,६ पुस ।
तराईको मौसम विग्रेको कारण नेपाल वायु सेवा निगमको भोजपुर –विराटनगर हवाई सेवा अवरोध भएको छ ।
मौसममा खरावी आएपछि करिव १५ दिनबाट उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ । अव मौसममा सुधार आएपछि मात्र भोजपुर –विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । निगमको जहाजले मंगलवार विहिवार, शनिवार गरि हप्तामा ३ दिन विराटनगर उडान भर्दै आएको थियो ।
निगमले अपाङ्ग भएकालाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिदै आएकोमा जेष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ । भोजपुर –विराटनगर उडान अवरुद्ध भएपनि भोजपुर काठमाण्डौ भने आइतावर वाहेक हप्तामा ६ दिन उडान भईरहेको निगमले जनाएको छ ।






















