भोजपुर उद्योग वाणिज्य संघमा दुईको उम्मेवारी


भोजपुर, २९ कात्तिक । भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुई जनाले उमेदवारी दिने भएका छन् ।यो संगै साधारण सभासंगै चुनावी सरगर्मी समेत बढेको छ । उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

विगतका वर्षहरुमा सर्वसम्मत कार्य समिति चयन हुने गरेको भएपनि यस वर्षबाट निर्वाचनको तयारी हुन लागेको हो ।  भोली हुने संघको निर्वाचनका लागि अध्यक्षमा  रामचन्द्र श्रेष्ठ र धुव्रलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
६ सय ८९ मतदाता रहेको भोजपुर उद्योग वाणीज्य संघले प्रचार -प्रसारसंगै अतिथिको स्वागतका लागि ठाउँ ठाउँमा ब्यानरहरु पनि राखेको छ । ४ वर्ष पछि भोजपुर वाणिज्य संघले नयाँ नेतृत्व पाउँदैछ ।

निर्वाचनको तयारीसंगै अतिथिहरु पनि आउने क्रम जारी रहेकाले त्यसको तयारी भइरहेको उद्योग वाणीज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार