खुकुरी प्रहारबाट १ घाईते


मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका(३ स्थित दार्जिलिङ लाईनमा मंगलबार राती खुकुरी प्रहारबाट एक व्यक्ति घाईते भएका छन् ।

मादक पदार्थ सेवन गरी सामान्य वादविवाद हुँदा राती ९स्५५ बजे सोही ठाउँका ४९ बर्षीय कृष्ण कुमार श्रेष्ठले सोही स्थान बस्ने होल माईला भन्ने ४१ बर्षीय राम श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट श्रेष्ठको गर्धनमा चोट लागेको छ । घाईते श्रेष्ठको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने श्रेष्ठ फरार रहेकोले खोजीकार्य भई रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार