माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार