
काठमाडौं । गोरखाको सामागाउँबाट उडेर सम्पर्कविहिन भएको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यवती दार्खा र किन्ताङफेदीको बीचमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
हेलिकोप्टरमा ६ जना यात्रु र एकजना क्याप्टेन रहेको त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । हालसम्म यात्रुको अवस्थाबारे यकिन जानकारी प्राप्त भएको छैन ।
सामागाउँबाट उडेको सो हेलिकोप्टर २५ मार्इल उडेपछि सम्पर्क विहिन भएको हो ।
सरकारी अधिकारीहरूले भने धादिङको रूबीभ्यालीमा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने अड्कल काटेका छन् ।
हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएपनि यकिन स्थान र यात्रुको अवस्थाबारे अन्तिम जानकारी आर्इसकेको छैन ।














