भोजपर २० साउन ।
भोजपुर वजारमा प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी भएको छ । मुख्य वजारमा निर्माण भईरहेको पशुपति मन्दिर निमार्ण सहयोगका लागि राखिएको दान पेटिका शनिवार राती चोरी भएको प्रहरीले जनाएको छ ।
चोरले जोगेन्द्र ठाकुरले सञ्चालन गरेको शिद्धाकाली हेयर कटिङ्ग सैलुन भित्र राखेको दान पेटिका चावी फोरेर चोरेको प्रहरीको भनाई छ ।
चावी फारेर दान पेटिकामा रहेको करिव १० हजार रुपैया लागेको प्रहरीले जनाएको छ । सीसी टिभी फुजेटको आधारमा चोरको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।
यता स्थानियले भने प्रहरी कार्यालय छेउबाट नै चावी फोरेर चोरी हुँदा समेत प्रहरीले थाहा नपाउनुले जिल्लाको सुरक्षा व्यवस्था फितलो रहेको वताएका छन् । चोरी भएको स्थान जिल्ला प्रहरी कार्यालय भोजपुरको सुरक्षा पोष्टबाट करिव २० मिटरको दुरीमा रहेको छ ।