
काठमाडौं १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।
विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ ।
हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।















