बाँकेमा करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर


काठमाडौं १६ असार। बाँकेमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको ज्यान भएको छ । ३ जना घाइते भएका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–६, महिनामापुरमा शनिबार बिहान ४ बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो । प्रहरीले उनीहरुको शवलाई पोस्टमार्टम गरेर परिवारलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय, भगवानपुर बाँकेले दिएको जानकारी अनुसार, करेन्ट लागेर ३ जना घाइते भएका छन् । घाइते इला शाहीको अवस्था गम्भीर छ । दुई घाइते कमला बुढाथोकी र दिनेश बुढाथोकी भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

करेन्ट लागेर ३ वटा गाईसमेत मरेका छन् ।

प्रहरीका अनुसार, चुँडिएर जमिनमा खसेको हाइटेन्सन लाइनको करेन्ट बिहानै फैलिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार