भोजपुर नगरपालिकामा करेन्ट लागेर एक युवक गम्भीर घाईते


भोजपुर १० असार ।
भोजपुर नगरपालिका वडा नम्बर ८ दुम्सीकामा करेन्ट लागेर एक युवक गम्भिर घाइते भएका छन् । विद्युतको लाइन मर्मत गर्ने क्रममा राम प्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केका २७ वर्षीय लीला प्रधान गम्भिर घाइते भएका छन् ।

प्रधानलाई विद्युतको पोल फेर्ने क्रममा आज दिउँसो साँढे ३ बजे करेन्ट लागेको थियो । हात खुट्टा र पेट जलेर गम्भिर घाइते हुनु भएका प्रधानको जिल्ला अस्पताल भोजपुरमा उपचार पछि थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रधान नेपाल विद्युत प्राधीकरण भोजपुर वितरण केन्द्रमा अस्थायी रुपमा काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार