
मोरङ । रंगेली नगरपालिका ८ संन्सारी मंन्दिर देखि उत्तरको खर बारीमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान १० वजे घर बाट निग्रो टिप्न भनेर हिडेकि रंगेली ८ बस्ने राम गुलाफ कामतकी ३५ बर्षिया छोरी फुलकुमारी कामतको शनिबार खर बारीमा शव फेला परेको हो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।